
न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्ट चर्च शहरका दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेका छन् । सो गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। गोली प्रहारबाट कम्तिमा ४( जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । शुक्रबारको प्राथनामा सहभागी थुप्रैलाई गोली लागेको बताइएको छ ।
आक्रमण भएको मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडीहरु पनि थिए । उनीहरु भने सुरक्षित रहेको बताइएको छ । आक्रमणपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आक्रमणमा कति मानिस संलग्न थिए भन्ने अझै खुलिसकेको छैन । प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् ।
आक्रमणपछि शहरका सबै विद्यालय तथा कार्यालयहरु बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाट बहिर ननिस्कन प्रहरीले अपिल गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij