२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

राउटे समुदायकाले पहिलोचोटी तलब बुझे

राउटे समुदायकाले पहिलोचोटी तलब बुझे

जीवनमा पहिलोपटक जागिर खाएका राउटे समुदायका पाँच जनाले पहिलोपटक तलब बुझेका छन्। सामाजिक सेवा केन्द्र ९ सोसेकद्वारा अघिल्लो महिना सामाजिक कार्यकर्तामा भर्ना गरिएका राउटे समुदायका तीन मुखियासहित पाँच जनाले बुधबार पहिलो महिनाको तलब बुझेका हुन्। जीवनमै पहिलोपटक तलब पाएका राउटे समुदायका अगुवाहरू खुसीले दंग परेका छन्।

सोसेकले राउटे समुदायका मुखियाहरू सूर्यनारायण शाही, दिलबहादुर शाही, वीरबहादुर शाही, पूर्वमुखिया महिनबहादुर शाही र राउटे युवा प्रकाश शाहीलाई महिनाबारी तलब दिने गरी सामाजिक कार्यकर्ता बनाएको हो। सुर्खेतको लेकबेंसी नगरपालिकामा बस्ने उनीहरू तलब बुझ्न बुधबार सदरमुकाम वीरेन्द्रनगर आएका थिए। तलबबापत पाएको चेक साट्न उनीहरू वीरेन्द्रनगरस्थित मेगा बैंक पुगेका थिए। आजको नागरिक दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij