
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि मंगलबार प्रतिबन्ध लगाएको सरकारले औपचारिक वार्ताको लागि नेकपा (विप्लव)लाई कुनै पनि पत्र नपठाएको पाईएको छ |
सरकारले विप्लव नेतृत्वको पार्टीलाई राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएसँगै वार्ता टोलीले पत्र नै नपठाएको खुलेको हो। सरकारले गठन गरेको राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लवका नेताहरूसँग छलफल गरे पनि पत्र नपठाएको स्वीकार गरे।
वार्ता टोलीका संयोजकले नै पत्र नपठाएको स्वीकार गरेपनि सरकारले भने आफूहरूले प्रयास गर्दा पनि विप्लवको पार्टी सम्पर्कमै नआएको दाबी गर्दै आएको छ |
सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेतृत्वको पार्टी पनि प्रतिकारमा उत्रने चेतावनी दिएको छ। सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएर द्वन्द्व निम्त्याउन खोजेको विप्लव नेतृत्वको नेकपाको निष्कर्ष छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij