२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गण्डकी मेडिकल कलेज संचालक सहित ११ जना विरुद्द ठगी मुद्दा

गण्डकी मेडिकल कलेज संचालक सहित ११ जना विरुद्द ठगी मुद्दा

पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १० जनाविरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । कलेजले करोडौं रुपैयाँ ठगेको विषय सार्वजनिक हुँदा पनि स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारले यसप्रति चासो नदेखाएपछि कलेजमा अध्ययनरत ठगिएका विद्यार्थी चिन्तित भएका छन् ।

गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट झन्डै १ अर्ब रुपैयाँभन्दा बढी रकम असुल गरेको आरोप लागे पनि सरकारले यसको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नेसम्बन्धी कुनै पनि प्रक्रिया अगाडि बढाउन नसकेकाले सरकारको चर्को आलोचना विद्यार्थीले गरेका छन् ।
मन्त्रिपरिषद्ले एमबीबीएसका लागि उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजलाई ४२ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । तर, सो कलेजले निर्धारण गरेको शुल्कभन्दा प्रतिविद्यार्थी ५ लाखदेखि ३० लाख रुपैयाँसम्म बढी रकम असुल गरेको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij