२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भूमिगत विद्युत लाईन प्रसार कार्यमा तीब्रता

भूमिगत विद्युत लाईन प्रसार कार्यमा तीब्रता

नेपाल विद्यतु् प्राधिकरणले उपत्यकाका विद्युत् तार जमिनमुनि बिछाउने(भूमिगत गर्ने) कार्य तीव्र बनाएको छ । एसियाली विकास बैंकको सहयोगमा हुन लागेको उक्त परियोजनाको केही समय अगाडि बिद्युत प्राधिकरणले कम्पनी छनोटकालागि टेण्डर आह्वान गरेको थियो ।

जसमा २ भारतीय कम्पनी र ४ चाइनिज कम्पनीले सहभागीता जनाएका थिए यी मध्ये भारतीय कम्पनी केइआइ कम्पनी छनोट भएकोे विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीसंग सम्झौता भएको २ महिना पछि काम शुरु हुने र ३० महिना भित्र काम सम्पन्न हुने बताउनुभयो । पहिलो चरणमा उपत्यकाको रत्नपार्क र महाराजगंन्ज सडकमा तार भूमिगत गरिने छ । जसमा महाराजगंज सडक खण्डकालागि ३७ मिलियन अमेरिकी डलर र रत्नपार्क सडक खण्डमा ३० मिलियन अमेरीकी डलर लागत लाग्ने भएको छ ।

सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभरहेड वितरण प्रणालीले शहर कुरूप र असुरक्षित बन्दै गएपछि प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको हो । अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न समेत विद्युत्का तारलाई भूमिगत गर्ने योजना ल्याइएको हो । आजको नेपाल समाचारपत्र दैनिक बाट साभार |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij