२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

ईथियोपियन विमान दुर्घटना : एक नेपालीको ज्यान गयो : अर्का एक ‘भाग्यमानी’

ईथियोपियन विमान दुर्घटना : एक नेपालीको ज्यान गयो : अर्का एक ‘भाग्यमानी’

ईथियोपियन एयरलाईन्सको विमान केन्यामा दुर्घटना हुँदा मृत्यु भएका १५७ जना मध्ये एक जना नेपाली परेको पुष्टि भएको छ | विमान दुर्घटनाबाट इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत गोरखाकी एकता अधिकारी रहेको जनाईएको छ |

विमान दुर्घटना परि ३३ देशका नागरिक मृत्यु भएको एयरलाइन्सले जनाएको छ । विमान दुर्घटनामा ३२ जना केन्यालीको निधन भएको छ भने १८ जना क्यानाडाका नागरिक रहेका छन् ।

त्यसैगरी, इथोपियन ९ चिनियाँ ८ र ४ जना भारतीय रहेका छन् । राजधानी अतिस अबाबाबाट बिमान उडेको केही समयपछि नै दुर्घटना परेको थियो ।

विमानमा १ सय ४९ यात्र र ८ जना चालक दलका सदस्य थिए । नेपाल सरकारले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

 

टिकट ढिलाई हुनाले जोगिएका यी ‘भाग्यमानी’

 

यसैबीच, टिकटमा भएको ढिलाइका कारण इथोपियामा आइतबार भएको विमान दुर्घटनाबाट एक नेपाली भने जोगिएका छन् ।

दुर्घटनामा परेकै विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण जोगिएका हुन् ।

जिसीले फेसबुकमा कार्यक्रमका लागि प्राप्त टिकटका अनुसार आफू उक्त बिमानमा हुनुपर्ने उल्लेख गर्दै आफू नेपालमै रहेको र ठिक रहेको बताएका छन् । साथै आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण उनले सुष्मा दाहाल पोख्रेललाई पनि धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्, ’म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार मपनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिए । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरे अनि सम्झिए म अर्को पटक बाँचे । साथमा दान मामा होइसिन्थ्यो । फेरि ढाडस दिँदै केही आफन्त र शुभेच्छुकहरुले गर्नुभएको म्यासेज र चासोका लागी कृतज्ञता प्रकट गर्छु । जानु पर्ने तर, गैइएन भनेर माधव नेपाल ज्यूलाई जानकारी थियो । सुष्मा दाहाल पोख्रेलजीले टिकटमा गरिदिएको ढिलाई पनि धन्यवाद लायक रह्यो|’

https://www.facebook.com/jitenjee/posts/2228207710535257

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij