२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमाण्डौका भुस्याहा कुकुर नियन्त्रण गरिने

काठमाण्डौका भुस्याहा कुकुर नियन्त्रण गरिने

अबको ६ महिनाभित्र महानगरक्षेत्रका सबै कुकुर बन्ध्याकरण भइसक्नेछन्। कामपाको सहयोगमा सञ्चालित मनुमित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्याकरण हुन लागेको हो।

हालसम्म करिब ७ हजार कुकुरको बन्ध्याकरण भइसकेको छ। कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्ध्याकरण कार्यक्रम महानगरको २१ वटा वडामा सम्पन्न भइसकेको छ। अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा. संगीता सापकोटाले जानकारी दिनुभयो।

उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्याकरण गरी शुरू गरिएको कार्यक्रम अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्याकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ।

कार्यक्रमअन्तर्गत वडा कार्यालयको संयोजनमा चिकित्सकसहितको टोलीले छाडा कुकुर समातेर बन्ध्याकरण गर्ने गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij