२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सिके राउत मूलधारको राजनीतिमा : बुद्दको देशमा शान्तिको मार्ग प्रिय रहेको टिप्पणी

सिके राउत मूलधारको राजनीतिमा : बुद्दको देशमा शान्तिको मार्ग प्रिय रहेको टिप्पणी

 

स्वतन्त्र मधेसको मुद्दा उठाउँदै तराईमा सक्रिय अभियानका साथ लागिरहेका ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक चन्द्रकान्त राउत (सिके राउत) राजधानीमा आयोजित एक कार्यक्रम मार्फत् राष्ट्रिय राजधानीमा फर्किएका छन् | विगत केहि वर्ष देखि सक्रिय आन्दोलनमा रहेका राउतले सरकारले आफ्नो आन्दोलनको मर्म बुझ्दै आत्मसात गरेकाले अब सरकारको अघि सारेको समृद्द नेपालको अभियानमा जोडिने बताएका छन् |

मधेसको आन्दोलनलाई मध्येनजर गर्दै सरकारले गरेको निर्णय सहारनायोग्य रहेको राउतले बताए । हामी बुद्ध जन्मिएको देशका नागरिक भएको बताउँदै अब कुनै युद्ध नगरिकन सहमतिमै अगाडि बढ्न पर्ने उल्लेख गरे । देशप्रति अबदेखि आफ्नो आन्दोलन अन्त्य भएको र आफुले भोगेको पीडालाई कार्यक्रममा स्मरण गरे ।

अहिले सबै समस्या समाधान भन्दै राउतले राज्यले एक ठूलो उपलब्धि हासिल गरेको बताए । उनले आफ्नो जेल जीवनलाई स्मरण गर्दै जेल ठूलो एउटा पाठशाला भएको बताए । आज राष्ट्रियसभा गृहमा प्रधानमन्त्री ओलीको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

मधेस आन्दोलनमा जेल सजाय भोगिरहेकाहरुलाई रिहा गर्नेदेखि मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचारको व्यवस्था गर्ने आजको कार्यक्रममा एघार बुँदे सहमति भएको छ । पहिलो बुँदामा उनले मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने सहमती भएको छ ।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति पनि भएको छ ।

त्यस्तै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ । स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ संघठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने सहमति भएको छ ।

हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र एक जनालालाई रोजगारी दिने सहमति पनि भएको छ । स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने पनि सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij