
शुक्रवार बिहान देखि अपरहणमा परेकी बझाङ ‘ख’ कि प्रदेशसभा सांसद देबकी मल्ल प्रहरीको सम्पर्कमा आईसकेको प्रहरीले जनाएको छ । अबको २/३ घण्टा पछि प्रहरीले अनुसन्धान पश्चात विस्तृत समाचार बाहिर ल्याउने जनाएको हो |
नारी दिवसको अवसरमा बझाङको बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गरेको अवस्थामा मल्ल अपहरणमा परेकी हुन्। शुक्रबार बिहान ११ बजे केदारसिउ गाउँपालिका सन्स्युबाट अपहरणमा परेको जनाईएको छ |
तीन हप्ता अघि मात्रै विप्लव समर्थक अनेम संघ क्रान्तिकारी जिल्ला सम्मेलनमा राज्यले अबरोध पुर्याएको महिला सांसद भएर पनि देवकीले निर्मला हत्या प्रकरणमा आवाज नउठाएकोले अपहरण गरेको विप्लव कार्यकर्ताले बताएका छन् ।
केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई राज्यले गिरप्तार गरेकाले उनलाई तत्काल रिहाई गर्नु पर्ने माग राख्दै सांसद मल्लको अपहरण गरेको विप्लव निकट स्रोतले जनाएको छ ।
मल्ल विथ्थड चिर गाँउपालिकाले आयोजना गरेको नारी दिवसको कार्यक्रममा सहभागी हुन विथ्थडचिर गाँउपालिकाको सैसु भन्ने ठाँउ जाने क्रममा अपहरण गरेको जनाईएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij