यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्जले गत पुस २८ गतेदेखि नै सेवा दिन नसकेको बताइएकाे छ।
यातायातको सर्भरको मर्मत तथा नियन्त्रण विभागबाटै गरिन्छ। विभागले यसको विकल्पमा अञ्चल कार्यालयहरुलाई अरू कुनै साधन वा उपकरण दिएको छैन। यसअघि केही महिनापहिले पनि यातायातको सर्भर डाउन भएर देशभरि कार्य ठप्प भएको थियो।
‘आजै विभागमा समस्याबारे कुरा गरेँ, भोलिसम्म सर्भर ठिक हुने आश्वासन पाएको छु, प्रमुख नेपालले बताए। लाइसेन्सको तथ्यांक, लिखित तथा ट्रायल पास गरेको सबै तथ्यांक अनलाइन सर्भरमा जोडिएकोले नवीकरण, प्रतिलिपि तथा नयाँ लाइसेन्स वितरण गर्न समस्या भइरहेको कर्मचारीहरू बताउँछन्। त्यसैगरी, सर्भरको समस्याको कारण हालै मोटरसाइकलको लाइसेन्सको लागि आवेदनको दर्ता प्रक्रिया पनि प्रभावित भएको कर्मचारीहरुले बताएका छन्।