२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल बंगालदेश सरकार बीच दोहोरो कर सम्झौता

नेपाल बंगालदेश सरकार बीच दोहोरो कर सम्झौता

नेपालले बंगलादेशबिच दोहोरो कर मुक्ति सम्झौता गर्ने भएको छ । बंगलादेशसँग दोहोरो कर मुक्ति सम्झौता अघिल्ला वर्षहरूमै गर्ने भनिए पनि विभिन्न विषयमा छलफल गर्नुपर्ने भएकोले समय लागेको हो । दोहोरो कर मुक्ति सम्झौता भएपछि एक देशमा कर तिरिसकेपछि अर्को देशमा सो कर कट्टी गर्ने सुविधा करदाताहरू सरकारले प्रदान गर्ने भएको हो ।

दोहोरो कर मुक्ति सम्झौता नेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्धमा कोशेढुंगा सावित हुने जनाईएको छ । नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौताको तयारी सुरु भएको दुई दशक बितिसकेको छ । यसबीचमा ढाका र काठमाडौंमा चार चरणमा मस्यौदामाथि छलफल भई २०७१ मै दोहोरो कर मुक्ति सम्बन्धि मस्यौदालाई अन्तिम रुप दिइसकिएको छ ।

२०५४ सालमा नै यो विषयको महत्व बुझी नेपालले सम्झौता गर्न पहिलो पटक मस्यौदा प्रस्ताव गरेको थियो । उतिबेला दुई देशबीच पहिलो चरणको वार्ता काठमाडौंमा र त्यसको तीन वर्षपछि दोस्रो छलफल ढाकामा सम्पन्न भएको थियो ।

२०६८ मा ढाकामा भएको तेस्रो चरणको वार्ताबाट बंगलादेशमा पढ्न जाने नेपाली विद्यार्थीको सेवा सुविधाको विषयमा बंगलादेशले असहमति जनाएका कारण सम्झौता हुन सकेको थिएन । नेपाल र बंगलादेशका कर प्रशासक अधिकारीहरूले २०७१ सालको माघ महिनामा दोहोरो कर मुक्ति सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइसकेका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितीमा नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता भएको हो |

यसबाट नेपालमा लगानी गरिरहेका बंगलादेशी लाभान्वित हुने छन् । नेपालको कानुनले नेपालीलाई विदेशमा लगानी गर्न रोकेको छ । यद्यपी यसबाट बंगलादेशमा काम गर्ने नेपालीहरुले लाभ लिन सक्छन् । दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौताले नेपालमा बंगलादेशका लगानीकर्तालाई आकर्षित अझ सहज हुनेछ ।

नेपालले यस अघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलंका, नर्वे र थाईल्याण्डसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ । दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता अनुसार एक अर्को देशका लगानीकर्ताले अर्को देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij