
रानीपोखरी कर्नर टिम (आरसीटि) ले शहिद स्मारक बि डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
एन्फा मैदान सातदोबाटोमा मंगलबार सम्पन्न फाईनलमा श्री भगवती क्लबलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै आर सी टि ले उपाधि हात पारेको थियो । प्रथम हुँदै आर सी टि ले ८ लाख रुपैँया पुरस्कार प्राप्त गरेको छ ।
यस पटक लिगमा रेलिगेशन पनि राखिएको छैन भने प्रथम हुने क्लब पनि ए डिभिजनमा चढ्ने छैन । लिगमा बि डिभिजनमा रहेका १२ ओटा क्लबको सहभागिता रहेको थियो ।
बि डिभिजन सम्पन्न भए संगै बुधबार देखि एन्फा मैदानमा शहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिता संचालन हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij