२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यहि मार्चमा नेपाल केन्याको भ्रमणमा निस्कने

यहि मार्चमा नेपाल केन्याको भ्रमणमा निस्कने

अन्तरराष्ट्रिय क्रिकेट परिषद्को मान्यता सहित केन्यामा हुने आगमी प्रतियोगितामा नेपाली क्रिकेट टिमले केन्यामा हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ । केन्या क्रिकेट संघले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता लिएर गर्न लागेको टी–२० क्रिकेट प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने भएको हो ।

‘नेपालले केन्यामा हुने प्रतियोगिता खेल्नेछ । तर अहिलेसम्म आईसीसीबाट खेल्नका लागि नेपाललाई स्वीकृति भने दिइसकेको छैन’ नेपाली क्रिकेट टिमका टेक्निकल म्यानेजर रमन शिवाकोटीले भने ।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले केन्यामा हुने प्रतियोगिता खेल्नका लागि आईसीसीलाई यसअघि नै पत्राचार गरेको र स्वीकृतिको पर्खाइमा रहेको बताए ।

नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि निलम्बनमा हुँदा नेपालको क्रिकेट गतिविधि आईसीसीले नै हेर्दै आएको छ ।

यही मार्चमा हुने टी–२० क्रिकेट प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ । तर प्रतियोगितामा कुनकुन टिमले सहभागिता जनाउने र खेल तालिका भने अहिलेसम्म आइनसकेको शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij