२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शिव रात्रीको अवसरमा भोलिको हेर्नुहोस् राजधानीको सवारी रुट

शिव रात्रीको अवसरमा भोलिको हेर्नुहोस् राजधानीको सवारी रुट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ ।

चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्’, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको प्रेसर बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी व्यवस्थापन मिलाएका छौं ।’

पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij