२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गोदामचौर सामुहिक बलात्कारका अभियुक्तलाई १० वर्ष जेल सजाय

गोदामचौर सामुहिक बलात्कारका अभियुक्तलाई १० वर्ष जेल सजाय

ललितपुरमा भएको सामुहिक बलात्कारका अभियुक्तलाई दश वर्ष जेल सजायको फैसला भएको छ ।

ललितपुरमा एक वर्ष पहिले भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनाका तीनै अभियुक्तलाई जिल्ला अदालतले जनही दश वर्ष जेल सजाय सुनाएको हो ।

न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।

सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिएका छन् । सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानुनी व्यवस्था छ ।

उनीहरूमाथि ललितपुरकी एक महिलालाई २०७४ मंसिर २ गते सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग थियो ।

माइतबाट घर र्फकने क्रममा जबरजस्ती करणीमा परेकी उनी मंसिर ३ गते विहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन । घट्ना भएको १६ महिनापछि पनि उनको उपचार चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij