२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रदिप खड्काको ‘लभ स्टेसन’को पोस्टर रिलिज

प्रदिप खड्काको ‘लभ स्टेसन’को पोस्टर रिलिज

आउने चैतबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लब स्टेसन’को टिमले शुक्रबार पोस्टर रिलिज गरेको छ | प्रदीप खड्का र जसिता गुरुङ प्रमुख भूमिकामा रहेको उक्त फिल्मले सांगीतिक प्रेम कथालाई केन्द्र बनाएर चलचित्र निर्माण गरेको जनाईएको छ |

निर्माण युनिटले फरक–फरक डिजाइनका करिब आधा दर्जन पोष्टर एकसाथ सार्वजनिक गरेको हो ।  फिल्म उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

अभिनेता प्रदीप खड्काले ‘लभ स्टेशन’ पारिवारिक प्रेमकथामा आधारित फिल्म भएको बताए । उनले आफ्नो अघिल्लो काम यसमा केही पृथक रहेको सुनाए । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij