२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दिवंगत मन्त्री अधिकारीको शोकमा ने क पाले झण्डा झुकाउने

दिवंगत मन्त्री अधिकारीको शोकमा ने क पाले झण्डा झुकाउने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

ने क पाका केन्द्रीय सदस्यसमेत रहेका पर्यटनमन्त्री अधिकारीको बुधवार हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

उनको निधनपछि आज विहान आकस्मिक रुपमा बसेको ने क पाको सचिवालय बैठकले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो। बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको ने क पाका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

त्यस्तै बैठकले आज पार्टीका सबै कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको उनले बताए। ने क पाले तीन दिनसम्म आफ्ना कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको छ।

यसैबीच २३ गते नेकपाको केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि आज सैनिकमञ्च टुँडिखेलमा शव राखिने छ। त्यसपछि उनको शवलाई अन्तेष्टिका लागि गृह जिल्ला कास्की लैजाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij