२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नुवाकोट साहित्य पदयात्रा २०७५ स्मारिका विमाेचन सम्पन्न।

नुवाकोट साहित्य पदयात्रा २०७५ स्मारिका विमाेचन सम्पन्न।

नुवाकोट साहित्य प्रतिष्ठान नेपाल २०६४ सालमा स्थापना भई विभिन्न साहित्यका कदमहरु चाल्दै नुवाकोटमा साहित्यमा धेरै स्रष्टाहरु जन्माउन सफल भैसकेको छ । प्रतिष्ठानले वार्षिक रुपमा धेरै कार्यक्रमहरु गर्दै अाएकाे छ । असार पन्ध्रमा स्रष्टा सम्मान , रचना वाचन कवि गाेष्टी कार्यक्रमहरु, त्यसैगरी वर्षकाे एकपटक नुवाकोट साहित्य पदयात्रा गर्ने गरेकाे छ । गत वर्ष प्रतिष्ठानले नुवाकोटका नाै वटा काेट मध्ये मालाकाेटमा साहित्य पदयात्रा २०७४ गरेको थियोे । यस वर्ष भने नुवाकोटका नाै वटा काेट मध्येका एेतिहाँसिक काेट भैरुमकाेटसम्म नुवाकोट साहित्य पदयात्रा २०७५ भाद्र १६ गते सम्पन्न गरेकाे थियो । पदयात्रालाई स्मारिकाकाे रुपमा प्रकाशन गर्ने गरेको छ । यस वर्षको नुवाकोट साहित्य पदयात्रा प्रकाशन गरि बुधबार विमाेचन गरिएको छ । स्मारिका विमाेचन विदुर नगरपालिका वडा नं ८ भैरुमकाेटमा वडा अध्यक्ष श्री फैसिङ तामाङ ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ ।
इ

त्यसैगरी विशेष अतिथि नुवाकोटका वरिष्ठ साहित्यकार एवम् नेपाली काँग्रेसका युवा नेता श्री श्रीराम श्रेष्ठ रहनुभएकाे थियाे । कार्यक्रममा स्मारिका विमाेचन गर्दै सम्बाेधनकाे क्रममा वडा अध्यक्ष तामाङले भन्नुभयो ” भैरुमकाेट एक एेतिहाँसिक ठाउँ जहाँ त्यहाँका मुलबासीहरुलाई पृथ्वीनारायण शाहले राज्य अाक्रमण गर्ने बेलाकाे इतिहास बाेकेकाे ठाउँ रहेको र प्रकृतिको हिसाबले पनि सुन्दर भएको कारण पर्यटकीय सम्भावना बाेकेकाे छ ।” नुवाकोटका इतिहासहरु धेरै महत्त्वपूर्ण र खाेजमुलक रहेको , हरेक कुराले भरिपूर्ण भुमी नुवाकोटका नाै काेट मध्ये एक विशेष काेट भैरुमकाेट हाे । साहित्य खेलकुद कला लगायत धेरै क्षेत्रकाे धनी नुवाकोटकाे सुन्दर ठाउँ मध्ये भैरुमकाेट रहेको कुरा विशेष अतिथि साहित्यकार श्रीराम श्रेष्ठले बताउनुभएकाे छ । कार्यक्रम सम्पन्न गर्न जाँदा नुवाकोट साहित्य प्रतिष्ठान नेपाल टिमलाई त्यहाँका स्थानीयहरुले बाजागाजाका साथ सम्मान गरेको थियो । प्रतिष्ठान सल्लाहकार श्रीराम श्रेष्ठ , अध्यक्ष रामकृष्ण गजुरेल ,प्रतिष्ठान अाजीवन सदस्य एवम् कार्यकारी सदस्य करण तामाङ घलान , भगवती खनाल सुनाखरी लगायतका टिम कार्यक्रम सम्पन्न गर्न पुग्नुभएकाे थियोे । कार्यक्रम समापन गर्दै प्रतिष्ठानकाे अध्यक्ष रामकृष्ण गजुरेलले स्थानीयलाई प्रतिष्ठान प्रति यति धेरै माया तथा साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij