२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पाकिस्तान सुपर लिगमा सन्दिपको सनसनी पूर्ण बलिंग : ४ विकेट ८ रन

पाकिस्तान सुपर लिगमा सन्दिपको सनसनी पूर्ण बलिंग : ४ विकेट ८ रन

आज भएको पाकिस्तान सुपर लिग पिएसएलमा शानदार बलिङ सन्दिप लामिछानेले क्वेटा ग्लाड़ीटियार्स विरुद्द बलिंग गर्दै एकै खेलमा ४ विकेट लिएका छन्।

लाहोर क्वालंडर्सबाट खेलिरहेका लामिछानेले बुधवार क्वेट्टा ग्लाडिएटर्स विरुद्ध ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिएका हुन्। पावर प्ले मै २ ओभर बलिङ गरेका सन्दीपले २ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए।

त्यसपछि सन्दीपले बाँकी दुई ओभर ५ रन नै खर्चे भने थप १ विकेट लिए।

समग्रमा २४ बल बलिङ गर्दा सन्दीपले १५ बल डट फाले भने ८ बलमा सिंगल रन दिए भने एक बलमा दुई रन दिए।

सन्दीपले चौथो ओभरमा शेन वाट्सन, छैटौँ ओभरमा राइले रुसो र उमर अकमल तथा आठौँ ओभरमा डेनिस अजिजलाई आउट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij