
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा मंगलबार मकैको बिहे गरिएको छ । विगत देखि चल्दै आएको परम्परालाई जीवनत राख्न मकैको बिहे गरिएको हो । एउटै गाउँले दुलाहा र दुलही दुई पक्षमा विभाजित भएर बिहेको तयारीमा बिहान भरी जुटे । जैसी (ज्योतीस) ले १४ फागुनको साइत जुराए ।
सोमबार बेलुकी दुई घोगा मकै ज्यातिषले जमिनमा गाडे । ‘हिजो (सोमबार) वरणी गरियो । त्यसपछि झाँतो चलाउन, मादल बजाउन, मकै भुट्न, होहल्ला गर्न, खनजोत गर्न, नहुने मान्यता छ, कसैले गरेनन्’ स्थानीय बिसबहादुर गुरुङले भने, ‘आज (मंगलबार) साइत हेरी हिजो गाडेको मकै झिकेपछि बिहे सुरु भएको हो । कान्तिपुर दैनिकमा समाचार हरिराम उप्रेतीले लेखेका छन् |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij