२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एउटै एग्रोफर्मबाट २ लाख अण्डा उत्पादन

एउटै एग्रोफर्मबाट २ लाख अण्डा उत्पादन

स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रपअन्तर्गत सञ्चालित यस फर्मले ब्याट्री केज (जर्मन प्रविधि) अनुसार अण्डा उत्पादन गर्दै आएको हो ।

५०र५० हजार क्षमताका ४ वटा वातावरणीय अनुकुलन (ईसी हाउस) बाट अण्डा उत्पादन हुँदै आएको छ । उत्पादन क्षमता बढाउन फार्मले गप एक ईसी हाउस निर्माण गर्न थालेको छ । फार्मबाट उत्पादित अण्डा गण्डकी र ५ नम्बर प्रदेशलाई आधार बनाएर बजारीकरण गरिएको छ । सोही फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्न थालेपछि स्याङ्जा जिल्ला नै अण्डा उत्पादनमा आत्मनिर्भर बनेको छ । आजको कारोबार दैनिकमा समाचार छापिएको छ |

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij