
एनसेलको पमुख कार्यलयलाई लक्षित गरी गराएको बम बिस्फोट घटनाको आरोपमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् ।
प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट सुर्य भुजेललाई पक्राउ गरेको छ। महाशाखाका एसपी सोमेन्द्रसिंह राठौंरका अनुसार भुजेल बम विस्फोटका मुख्य योजनाकार हुन् ।
प्रहरीका अनुसार बम विस्फोटमा भुजेलले फिल्ड कमाण्डर भएर काम गरेका थिए। उनी कलंकीस्थित एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो |
गत शुक्रबार साँझ बम विस्फोट हुदाँ सिंहबहादुर गुरुङ्गको मृत्यु भएको थियो भने प्रतिक्षा खड्का र उरुषा माधन्धर घाइते भएका थिए। बम विस्फोटको जिम्मा चन्द नेतृत्वको नेकपाले लिएको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij