
पछिल्लो समय चर्चित बनेको पठाओलाई रोकी पाउँ भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
श्याम कुमार श्रेष्ठले माघ २८ गते दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले भनेको छ- ‘यो विषयमा अन्तरिम आदेश हुँदैन।’
मंगलबार न्यायाधीश केदार प्रसाद चालिसे र अनिल कुमार सिन्हाको इजलासले पठाओविरूद्ध अन्तरिम आदेश नहुने भनेको हो।
रिट निवेदक श्रेष्ठले एउटा काम गर्न भन्दै स्थापना भएको पठाओ कम्पनीले अर्कै काम गरेकोले त्यसलाई रोक्नुपर्ने जिकिर गरेका थिए। निजी प्रयोजनका लागि प्रयोग हुने मोटरसाइकललाई व्यापारिक फाइदाका लागि प्रयोग गर्न नपाइने पनि उनको रिटमा उल्लेख थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij