२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारत पाकिस्तान बीच युद्दचर्कदै : नेपालमा सतर्कता

भारत पाकिस्तान बीच युद्दचर्कदै : नेपालमा सतर्कता

काश्मिरमा पछिल्लो समय भड्किएको हिँसाबाट भारत र पाकिस्तान बीच आन्तरिक वाक युद्द बढेको छ |  तनाव बढेपछी नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।

भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस ए मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ ।

भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।

‘छिमेकी दुई देशको तनावलाई ध्यानमा राख्दै सीमाक्षेत्र र विमानस्थलमा हामीले निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ’, प्रवक्ता सुवेदीले अन्नपूर्णसँग भने, ‘सम्भावित घुसपैठ हुने कुरालाई हामी चनाखो छौँ, दैनिक उपभोग्य सामग्रीमा हुन सक्ने सम्भावित अभावलाई पनि ख्यला गर्दै सीमामा सतर्क हुन निर्देशन दिइसकेका छौँ ।’

प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो । भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतवार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालमा पनि सतर्कता बढाइएको हो ।

अपहरणप्रयास भएपछि १४२ यात्रु सवार विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। विमान अवतरण गरिएपछि ककटपिटभित्र प्रवेश गर्न खोज्ने एकजना २५ वर्षीय युवकलाई गिरफ्तार गरिएको बंगलादेशी प्रहरीले जनाएको छ।

यसअघि कश्मीरको पुलवामामा आक्रमणमा संलग्न भनिएको जैस ए मोहम्मदका संस्थापक मसहुद अजहरलाई छुटाउन सन् सन् १९९९ डिसेम्बर २४ मा नेपालको त्रिभुवन विमानस्थलबाट एयर इन्डियाको जहाज अपहरण गरी अफगानिस्तान लगिएको थियो । उडान नम्बर ८१४ इन्डियन एयरलायन्स एयरबस ए३०० विमानलाई आतंकवादीले नेपाली आकाशबाट अपहरण गरी अफगानिस्तान लगेका थिए ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उतार्नु पर्ने विमान अफगानिस्तानको कान्दाहार लगिएको थियो । एक सय ७६ यात्रुमध्ये एकको हत्या भएक थियो भने अन्य धेरैलाई घाइते बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij