२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आइसीसी महिला विश्वकप एसिया क्षेत्र छनोट: नेपालको पाँचौ जित

आइसीसी महिला विश्वकप एसिया क्षेत्र छनोट: नेपालको पाँचौ जित

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चीनलाई हराउंदै प्रतियोगितामा चौथो जित दर्ता गरेको छ। राउण्ड रोबिन लिग अन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा नेपालले चीनलाई ५ रनले हराउँदै  अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा ७७ बनाएको थियो । जवाफी ब्याटिंग उत्रेको चीनले ७८ रनको लक्ष्य पछ्याउने क्रममा ६ विकेट गुमाएर ७२ रनमा समेटियो।

बालिंग तर्फ नेपालकी सीता राना मगरले ३ विकेट लिइन्। कविता कुँवरले १ विकेट हात पारिन्। नेपालका लागि कालोल श्रेष्ठले १८ रनबनाउँदा सीता राना मगर ११ र बिन्दु रावलले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।

यो जितसँगै नेपालले ५ खेलबाट ४ जितसहित ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

५ खेलबाट थाइल्याण्ड १० अंकसहित शीर्ष स्थानमा, समान खेलबाट ४ जितसहित राम्रो रनरेटका आधारमा युएई दोस्रो स्थानमा र नेपाल भने तेस्रो स्थानमा छ | ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ। तर नेपालले अब लगभग लगभग असम्भव जस्तै देखिएको छ।

शीर्ष स्थानको थाईल्याण्डले अब अन्तिम खेलमा युएईबिरूद्ध फराकिलो हार र नेपालले अन्तिम खेलमा कुवेतमाथि फराकिलो जितको बिकल्प छैन।

अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो। त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो। पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसँग फराकिलो अन्तरमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij