२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक व्यक्ति प्रकाउ

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक व्यक्ति प्रकाउ

हिमाली भेगमा पाईने दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जनालाई रुकुम पश्चिमबाट प्रहरीले पक्राउ गरेको छ | जिल्लाको मुसिकोट नगरपालिका–१ को गिल्वाङबाट ग५प ११६५ नम्बरको मोटरसाइकल चढेर सदरमुकामतर्फ आइरहेका अवस्थामा  बाँफीकोट गाउँपालिका–३ कोलाचौरका २३ वर्षीय विकास विकलाई ३ थान रेडपाण्डाको छालासहित पक्राउ गरिएको हो ।

मोटरसाईकलमा सवार अर्को व्यक्तिले मोटरसाइकलको चेनिज प्याकेटले प्रहरीलाई आक्रमण गरी भिरबाट हाम फालेर भागेका छन्।  उनको आक्रमणबाट प्रहरी हवल्दार थिरबहादुर विष्टको खुट्टामा ६ वटा टाँका लगाउनुपरेकोप्रहरीले बताएको छ|

लाखौँ रुपैयाँ पर्ने रेड पाण्डाको छाला अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके ठुलो धनराशी प्राप्त हुने भएकाले यस प्रति गैरकानुनि ढंगले शिकार गरि तस्कर हुँदै आएको छ |

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij