
धनगढी प्रिमियर लिग (डीपीएल-३ )को उपाधि सीवाइसी अत्तरियाले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा सीवाइसीले पहिलोपल्ट उपाधि उचालेको थियो | अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।
महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
अत्तरियाका दीपेन्द्र रावतले २ ओभरमा ११ र दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २/२ विकेट लिए। सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए।
शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच फाइनलमा पहिलोपटक भिडिरहेका छन्। दीपेन्द्रको कप्तानीमा रहेको टोली फाइनलमा खेलन लागेको पनि यो पहिलोपटक हो।
भेषावकरको कप्तानीमा रहेको टिमले यसैवर्ष मात्रै पोखरा प्रिमियर लिग जितेको थियो। राउन्ड रोबिनको खेलमा अत्तरियाले एक खेल मात्रै हारेको थियो। जुन महेन्द्रनगर युनाइटेडसँग थियो। वर्षाले मैदान हिलाम्य बनाएपछि ६/६ ओभर खेलाइएको उक्त खेलमा महेन्द्रनगरले ७ विकेटको जित हात पारेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij