२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मदन भण्डारीको देहान्तपछि माओवादीमा लागे : उपेन्द्र यादव

मदन भण्डारीको देहान्तपछि माओवादीमा लागे : उपेन्द्र यादव

 

नेकपा माक्र्सवादी र नेकपा माले एकता भई ०४७ चैतमा नेकपा (एमाले) बन्यो । म एमालेको राजनीतिमा पनि थिए । सुनसरी मोरङतिर । ०४८ को संसदीय निर्वाचनमा सुनसरीबाट एमालेको उम्मेद्वार बनेँ ।

जब ०५४ मा नेपालगञ्जमा छैटौँ महाधिवेशन भयो, त्यो महाधिवेशनमा कम्युनिस्ट पार्टीले तराई मधेश, आदिवासी, जनजाति, अल्पसंख्यकको सवालमा विभेद र असमाता (चाहे सामाजिक रुपमा होस् या आर्थिक रुपमा या राजनीतिक रुपमा नै) को मुद्दा सम्बोधन गरेन । यी मुद्दालाई मदन भण्डारीले सकारात्मक रुपमा लिन्भएको थियो र आयोग पनि बनाउनुभएको थियो । मदनको मृत्युपछि बहिष्कार र वञ्चितीकरण पारिएका समुदायका अधिकार, प्रतिनिधित्व र पहिचानलगायत विषयलाई एमालेले आफ्नो नीति बनाएन । यी विषय अपच भएपछि एमालेलाई छाडेर माओवादी आन्दोलनलाई समर्थन गर्न पुगेँ । किनकि, माओवादीको जनयुद्धले ती विषय सम्बोधन गर्ने र स्थापित गर्ने भन्ने समझदारी बन्यो । यो सामाग्री नयाँ पत्रिकामा प्रेम गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij