
काठमाण्डौमा राँगाको आक्रमणले गर्दा एक जनाको ज्यान गएको छ | मार्निंग वाकमा निस्केका चन्द्रगिरि नगरपालिका मच्छेगाउँका ६५ वर्षीय मनवीर महर्जनको मृत्यु भएको छ |
राँगाको आक्रमणमा परि गम्भीर घाईते भएका महर्जनको थप उपचारको क्रममा अस्पातल लैजाँदै गर्दा बाटो मा नै मृत्यु भएको हो | राँगा अति नै आक्रमक देखिएपछी प्रर्हरी वृत्त थानकोट र स्थानीय बासिले संयुक्त रुपमा राँगालाई समाउने प्रयास गरेपनि सफल नभए पछि प्रहरीले लखेट्दै दहचोक पुर्याएर राँगामाथि गोलि चलाएका हुन् |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij