२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डाक्टर गोविन्द केसी अनसन बसे आफु पनि अनसन बस्ने विजय थापाको घोषणा

डाक्टर गोविन्द केसी अनसन बसे आफु पनि अनसन बस्ने विजय थापाको घोषणा

डाक्टर गोविन्द केसीको अनसनको विरुद्दमा अनसन गर्दै आएका विजय थापाले फेरी केसी अनसन बसे आफु पनि अनसन बस्ने घोषणा गरेका छन् | 

शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गरी थापाले केसी जहाँ अनसन बस्छन तेही गएर आफु पनि अनसन बस्ने भनेका छन |  त्यस्तै थापाले अष्ट्रेलियमा अलपत्र परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरुको उद्दार गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनले अलपत्र विद्याथीहरुको उद्दार गर्न दवाव दिने उद्देश्यले शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्ने जानकारी समेत दिएका छन् । 

विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै बुधबार मात्र डा. गोविन्द केसीले पुनः अनसन बस्ने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij