२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रदेश ५ सरकारको निर्णय : सडक सुरक्षा सुझाव समिति गठन हुने

प्रदेश ५ सरकारको निर्णय : सडक सुरक्षा सुझाव समिति गठन हुने

प्रदेश ५ सरकारले सडक सुरक्ष समिति गठन गरेको छ | प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रमुख न्याधिवक्ता ठाकुर डिसीको संयोजक रहने सडक सुरक्षा सुझाव समति गठन गरेको छ | 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पुर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव रहने गरि समिति निर्माण गरिने भएको हो | 

प्रदेश नम्बर ५ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले समितिलाई दुई महिनामा सुझाव पेश गर्न निर्देशन दिएको जानकारी दिए ।  त्यस्तै मन्त्रिपरिषद् बैठकले दुईवटा पालिकाको केन्द्र परिर्वतनका लागि आएको प्रस्ताव संघीय सरकारसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 

दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नम्बर ४ जुम्ले कुलामा सार्ने प्रस्ताव आएको थियो । यस्तै बाँके जिल्लाको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ को बाबाकुटीमा सार्न गाउँपालिकाले प्रस्ताव गरेको थियो ।   मन्त्रिपरिषद्ले प्रदेश सांसद उत्तरकुमार वलीको शोक प्रस्ताव पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij