
माघ २४ गते पुर्व पश्चिम राजमार्गको लमही – घोराही सडक खण्डमा भएको दुर्घटनाबाट गम्भीर घाईते भएका प्रदेश नम्बर ५ का संदस्य उत्तम कुमार ओलीको निधन भएको छ | नेकपा दाङ-३ को ‘ख’ उपक्षेत्रबाट निर्वाचित प्रदेश सभा संसद ओलीको ललितपुर स्थित नेपाल मेडिसिटि अस्पतालमा उपचार भईरहेको थियो |
उपचारका क्रममा बिहिवार राती उनको मृत्यु भएको जनाईएको छ | उनको पार्थिव शरीरलाई पार्टी कार्यलयमा १० बजे राखेर दाङ लैजाने तयारि भएको नेकपा कार्यलय सचिव कृष्ण गोपाल श्रेठले बताए |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij