२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आइसीसीले लगायो क्रिकेट प्रशिक्षकलाई प्रतिबन्ध

आइसीसीले लगायो क्रिकेट प्रशिक्षकलाई प्रतिबन्ध

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सारजाहा क्रिकेटका प्रशिक्षक इरफान अन्सारीलाई १० वर्षको प्रतिबन्ध लगाएको छ ।

आइसीसीको एन्टी करप्सन कमिटिले सन् २०१७ मा यूएईमा भएको पाकिस्तान र श्रीलंकाबीचको सिरिजमा उनले पाकिस्तानी कप्तान सर्फराज अहेमदलाई नतिजामा हेरफेर गराउन अनुराेध गरेको भन्दै  छानबिनबाट दोषी ठहर गरेपछि उनलाई सजाय सुनाइएको हो ।

त्यसबेला नै सर्फराजले उनीमाथि मुद्दा दायर गरेका थिए । जसका अनुसन्धानमा इरफानमाथि आईसीसीले गरेको छानबिनमा इरफान दोषी भेटिएका थिए । उनलाई आइसीसी अन्तर्गत तीन अपराधको धारामा दोषी पाइएको आइसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा छ 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij