२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने

गोविन्द केसीले दिए चेतावनी : अर्को अनसन पनि हुन सक्ने

डा. गोविन्द केसीले १७ औ अनसनको चेतावनी दिएका छन्।चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक पटक सत्याग्रह गर्दै आइरहेका केसीले १६ औं अनसन प्रबुद्द नागरिकको आग्रहमा स्थगित गरेको जनाउंदै अर्को अनसन बस्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन् | 

गण्डकी मेडिकल कलेज संगै विभिन्न कलेजमा चर्को शुल्क असुलेको प्रति गम्भीर ध्यानाकर्षण जनाउंदै डा.केसीले चेतवानी सहितको विज्ञप्ति जारी गरेका हुन् | 

उनले संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा समेत  गम्भीर आपत्ति रहेको बताएका छन्। नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक स्वीकार्य नभएको भन्दै उनले सो विधेयक संसदबाट पारित गरेमा यसको विरुद्ध भद्र अवज्ञा गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij