२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश

डिपिएल-३ मा सिवाईसी अत्तरियाको जितको यात्रा कायमै : पहिलो क्वालिफायरबाट फाईनल प्रवेश

 

बुधवार भएको पहिलो क्वालीफायरबाट सिवाईसी अत्तरिया धनगढीमा जारी डिपिएल-३ को फाईनल प्रवेश गरेको छ | काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरीया पहिलो पटक उपाधि चुम्नको लागि एककदम पछि मात्र रहेको छ | 

टस जिटेर पहिलो ब्याटिंग रोजेको अत्तरियाले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो | 

१ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८.३ ओभरमा अलआउट हुँदै ६९ रनमा खुम्चिएपछि अत्तरीया ४१ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गर्न सफल भएको हो।

धनगढीको जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान दिए भने सन्नी पटेलले २८, सुबेन्दु पाण्डेले १६ तथा विकेट किपर ब्याट्सम्यान जय किसान कोल्सावालाले १३ रनको योगदान दिदा अरु ब्याट्सम्यानले दोहोर अंकको रन बनाउन सकेनन् | 

सामान्य विजयी लक्ष्य पछ्याएको काठमाडौंका ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न नसकेपछि काठमाडौं जारी प्रतियोगितामा अत्तरीयासँग लगातार दोश्रो हार व्यहोर्न बाध्य भएको हो। काठमाडौंका गौरभ टोमारले सर्वाधिक २६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले समान ११/११ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक समेत छुन सकेनन्। काठमाडौंलाई ६९ रनको स्कोरमा रोक्ने क्रममा सन्नी पटेलले ३ तथा कमल सिंह ऐरी तथा भुवन कार्कीले समान २/२ विकेट लिए।

यसअघि अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ११ रनको लक्ष्य दिएको छ। फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन जोडेको थियाे।

अत्तरीयाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए। यस्तै सन्नी पटेलले २८ तथा सुवेन्दु पाण्डेले १६ रन बनाए। काठमाडौंका अंकित दावस र सुर्य तामाङले  समान २/२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij