२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

काठमान्डौमा थप ट्राफिक लाईट थपिदै

काठमान्डौमा थप ट्राफिक लाईट थपिदै

सडक विभागले काठमाडौंका आठ स्थानमा वैशाखसम्ममा ट्राफिक लाइट सञ्चालनमा ल्याउने भएको छ । सिंहदरबारको मूल गेटअगाडि, पद्मोदय मोड, कालीमाटी, पुरानो बानेश्वर, तीनकुने, बागबजार, मित्रपार्क र गौशाला चोकमा थप ट्राफिक लाइट जडान गर्न लागिएको हो ।

सडक विभागले ट्राफिक लाइट जडानका लागि ‘प्रिजिल कन्स्ट्रक्शन प्रालि’सँग गत पुस १२ गते सम्झौता गरिसकेको छ । सम्झौताअनुसार आठओटै चोकमा ४ महीनाभित्रै ट्राफिक लाइट जडान गर्नुपर्नेछ । आठओटा चोकमा ट्राफिक बत्ती जडान गर्न भ्याटबाहेक ९७ लाख ५० हजार रुपैयाँ लाग्ने बताइएको छ । आजको अभियानमा खबर छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij