२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एपलको नयाँ आउने आइफोनबाट अन्य डिभाइस चार्ज गर्न सकिने

एपलको नयाँ आउने आइफोनबाट अन्य डिभाइस चार्ज गर्न सकिने

गत वर्ष ल्याएको स्क्रिन साइजमा नै एपलले २०१९ मा नयाँ आइफोन ल्याउने तयारी गरेको छ । हालै एप्पलको बारेमा विश्लेषण गर्ने मिंग ची कुओले इन्भेष्टरहरुलाई पठाएको जानकारीअनुसार एप्पलले यो वर्ष नयाँ आइप्याड, नयाँ १६ इन्चको म्याकबुक प्रो, ३१ इन्चको ६के मनिटर र आइफोनहरु ल्याउने छ ।

कुओकाअनुसार सन् २०१९ मा पनि कम्पनीले ६.५ इन्च, ५.८ इन्च र ६.१ इन्चको आइफोनहरु ल्याउनेछ जसमा यूएसबी टाइप सीको साटो लाइटिंग कनेक्सन राखिनेछ ।

त्यसैगरि नयाँ आइफोनहरुमा इन्डोरमा प्रयोग गर्न र नेभिगेसनका लागि अल्ट्रा वाइड ब्याण्ड कनेक्टिभिटी प्रयोगका लागि आवश्यक प्रविधि राखिएको हुनेछ । यी आइफोनहरुमा अन्य डिभाइसहरु पनि आइफोनबाटै चार्ज गर्न सकिने गरि बाइल्याटर वायरलेस चार्जिंगको सुविधा, अपग्रेड फेसआईडी फेसआइडी, ठूलो ब्याट्रीहरु, र ट्रिपल क्यामरा डिजाइनलगायतका फीचरहरु हुन्छन् ।

तर यी आइफोनहरुमध्ये कुनमा ट्रिपल क्यामराहरु आउनेछ भन्ने उनले स्पष्ट पारेका छैनन् । तर संभवत आइफोन ११ म्याक्समा ट्रिपल क्यामराहरु हुनसक्ने अनुमान गरिएकोछ ।

आइप्याडतर्फ भने कुओकाअनुसार एप्पलले दुई किसिमका नयाँ आइप्याड प्रोहरु ल्याउने छ । जसमा हालको ९.७ इन्चको आइप्याडहरुको स्क्रिन बढाउँदै १०.२ इन्चको हुनेछ । त्यस्तै नयाँ आइप्याड मिनी पनि नयाँ आइप्याडको रुपमा रहेको छ ।

कुओले जारी गरेको इन्भेष्टर नोटमा म्याक लाइनअपको बारेमा पनि उलेख छ, जसमा उनले नयाँ म्याकबुक प्रो ल्याउनेछ जसमा १६ इन्च र १६.५ इन्चको पुरै नयाँ डिजाइनमा ल्याउनेछ । कुओकाअनुसार एप्पल फेरी ३१.६ इन्चको सिक्स के थ्री के मनिटरसहित डिस्प्ले बजारमा आउनेछ । र यी डिस्प्लेहरु मिनी एलईडी जस्तै ब्याकलाइट डिजाइनमा आउनेछ ।

नयाँ आउने म्याकबुक प्रोमा र्याम क्षमता पनि बढ्नेछ । १३ इन्चको म्याकबुक प्रोमा संभवत ३२ जीबी र्याम अप्सन पनि हुनसक्नेछ, हाल यसमा १६ जीबी र्याम र १५ इन्चको म्याकबुक प्रोमा ३२ जीबी सपोर्ट रहेको छ ।

एप्पलले यो वर्ष ल्याउने एप्पल वाचको इसिजी फंगसनलाई थप देशहरुमा पनि बिस्तार गर्नेछ भने नयाँ सेरामिक केसिंग डिजाइन पनि हुनेछ ।

यसका साथमा एप्पलले एयरपोड्स २ मा वायरलेस चार्जिंग सर्पोट हुनेछ भने ब्लूटूथ कनेक्टिभिटी राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij