२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

हेटौडामा बन्यो समावेशी सहिद स्मारक पार्क

हेटौडामा बन्यो समावेशी सहिद स्मारक पार्क

नेपाल राजनैतिक ईतिहासका क्रममा ज्यान गुमाएका विभिन्न सहिदहरुको सम्झनामा हेटौंडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा प्रजातान्त्रिक पार्क निर्माण भएको छ ।

उक्त पार्कमा  पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र मनमोहन अधिकारीको शालिक निर्माण गरिएको छ । सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको हो ।

यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । १९ मिटर डाइको गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ ।

स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको एउटै ढुङ्गामा सहिदको मुखाकृत कुदिएको छ । 

स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुङ्गामा कलात्मक ढङ्गले कुदिएको सालिकले बिभिन्न खालखण्डको संस्मरण गराउछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij