बझाङमा आइतबार राती जीप दुर्घटना भएको छ | सदरमुकाम चैनपुर बजारबाट जयपृथ्वी नगरपालिका – ११, धामीलेख गाउँ जाँदै गरेको से.१ज ८९० नम्वरको जीप हिजो राती भोपुरमाथि माडुकाट्नेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्

मृत्यु हुनेमा धामीलेख गाउँका ४५ वर्षीया धौल्या जोशी र वर्ष १२ की सम्झना जोशी रहेको मृतकका आफन्त तुला जोशीले जानकारी दिइन् ।
दुर्घटनामा घाइते भएकामध्ये धामीलेख गाँउका जयराज जोशी, जुनादेवी जोशी, अंगराज जोशी, झसी जोशी, कविता जोशी, प्रकाश जोशी र सविता जोशीलाई थप उपचारका लागी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल लिएको छ ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल, सीमखेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप भोपुरमाथि उकालो बाटोमा लोडबढी भएर ब्रेकफेल हुदाँ दुर्घटना भएको चालक धनबहादुर बोहराले वताएका छन् । जीप १०–१५ मिटर जति तल खसेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij