२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

फोहोर व्यवस्थापन अवस्था हेर्न जानलाई लाखौंको खाना

फोहोर व्यवस्थापन अवस्था हेर्न जानलाई लाखौंको खाना

फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ ।

भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा आउँदा महानगरकै सवारी प्रयोग हुने गरेको छ । इन्धन खर्च मेकानिकल शाखाले बेहोर्ने महानगरले जनाएको छ । कार्यभार सम्हालेको दुई महिनामा महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ मात्रै ५ पटम सिसडोल गइसकेका छन् । कहिले जनप्रतिनिधि  त कहिले प्राविधिक टोली लिएर गएको उनले बताए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij