जबरजस्ती करणीको आरोपमा एक प्रहरी नायव निरीक्षक (सई) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ सापटी लिएको रकम लिन बोलाए महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा सईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
छायानाथ रारा नगरपालिका ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक महिलाले सापटी रकम फिर्ता लिन आउनु भनी बोलाएर आफूमाथि यौन शोषण गरेको मौखिक उजुरी दिएपछि सई सूर्यबहादुर शाहीले जिल्ला प्रहरी कार्यालय मुगुले नियन्त्रणमा लिएको हो। शाही हुम्ला जिल्ला चंखेली गाउँपालिका दार्मा स्थायी घर भई हाल अस्थायी प्रहरीचौकी चैन मुगुमा कार्यरत थिए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij