
धनगढी प्रिमियर लिग (डीपीएल)-३ अन्तर्गत शनिबारका दुवै खेल रद्द भएका छन् | बिहीबार अपरान्हदेखि पारेको पानीले फाप्ला क्रिकेट मैदान जलाम्य भएपछि शनिवारका खेल स्थगन गरिएका हुन् |
शनिबार हुने भनिएका दुई खेलमा काठमाडौं गोल्डेन्स संग विराटनगर किंग्स र दोस्रो धनगढी स्टार्सले महेन्द्रनगर संग खेल्ने खेल तालिका समावेश गरिएको थियो। खेल नभएपछि यी चारै टोलीलाई १/१ अंक दिइएको छ । खेल नभएर अंक बाँड्दा दुई पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ |
काठमाडौं ५ अंकसहित शीर्ष स्थानमा पुगेको छ । विराटनगरको ४ अंक छ । महेन्द्रनगरको चार खेलमा २ र धनगढीको १ अंक रहेको छ । विराटनगर र महेन्द्रनगरले बिहीबार खेल वर्षाका कारण रद्द भएपछि १/१ अंकमा नै चित्त बुझाएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij