स्वस्थ्यका लागि खेल भन्ने नाराका साथ नेपाल शिन क्योकुशिन कराते संघ,नुवाकोट बेलकोटगढी-शाखा डोजोको आयोजनामा मङ्गलबार सोनाम ल्होसार बिशेष एक कार्यक्रम सम्पन्न भएको छ।बेलकोटगढी नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष चन्द्र बहादुर लामाको प्रमुख आथिथ्याता भएको उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी,शिक्षाप्रेमी,समाजसेवी,युवाहरु र स्थानीयहरुका उल्लेखनीय उपस्थिति रहेका थिए।

सोनाम ल्होसार कार्यक्रमको अवसर पारेर गरिएको उक्त कार्यक्रममा श्री विकास आधारभुत विद्यालयमा अध्यनरत कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई विद्यालय ड्रेस(पोसक)बितरण गरिएका थिए।आफ्न बालबालिकाहरुले विद्यालय पोशक पाएकोमा अभिभावकहरुले खुशी ब्याक्त गरेका थिए।कार्यक्रममा कराते खेलाडीहरुबाट डेमो प्रदर्शन गरिनुका साथै खेलाडीहरुलाई खेलकुद सामग्री बितरण गरिएको रोशन गुरुङले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij