२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

श्री पञ्चासे माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव फागुन २ गते हुने।

श्री पञ्चासे माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव फागुन २ गते हुने।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ डाडाखर्कमा रहेको श्री पञ्चासे माध्यमिक विद्यालयको ४३ औं बार्षिक उत्सव फागुन २ गते हुने भएको छ।उक्त बार्षिक उत्सवमा माननीय प्रदेश सभा सदस्य श्री केशब राज पाण्डेको प्रमुख आतिथ्य रहने विद्यालय स्रोतले जानकारी दिएको छ।

कार्यक्रममा विद्यार्थीहरुको सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तुति रहने समेत सोही विद्यालयको शिक्षक हरि कृष्ण पौडेलले बताए।”कार्यक्रमका लागि सम्पुर्ण अभिभावक भुपु विद्यार्थीहरु,स्थानीय समाजसेवी बुद्धिजीवी, तथा विद्यालयसङ्ग सरोकार राख्ने सबैजनालाई पत्रचार गरि सकिएको छ”यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधारमानी उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गरिन्छ”।सोही विद्यालयका प्रधानाध्यापक कुमार पौडेल(रबिन्द्र)ले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij