२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कुन उमेर समूहलाई कति सुत्दा उत्तम।

कुन उमेर समूहलाई कति सुत्दा उत्तम।

निन्द्रा मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । पर्याप्त निन्द्रा भएमा शरिर फूर्तिलो हुन्छ । कुनै कामले निन्द्रामा असर गर्यो र पर्याप्त निन्द्रा पुगेन भने त्यसले प्रत्यक्ष क्रियाकलापमा समेत असर गर्ने गर्दछ । त्यसैले सुत्ने तरिका मर्यादित बनाउनु जरुरी रहेको छ ।
एउटै रुटिङ्गमा सुत्ने बानी गर्नु स्वास्थ्यको लागि राम्रो पनि हुन्छ । कम समय सुत्यो भने शरिर फूर्तिलो हुँदैन । र बढी सुत्यो भने पनि झन् त्यसले स्वास्थ्यलाई असर गर्छ । उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्दछ । मानिसको उमेर अनुसार सुत्ने समय निर्धारण गरिएको हुन्छ ।
सामान्यतया युवा अवस्थामा आठ घण्टा सुत्नु उपयुक्त हुने विभिन्न अध्ययनले जनाएको छ । ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुँदैन । आज हामी यहाँ धेरै सुत्ने मानिसको स्वास्थ्यमा पर्ने असरको बारेमा चर्चा गर्दछौँ।
८ घन्टा भन्दा बढी सुत्ने मानिसलाई मुटु रोग लाग्ने ३४ प्रतिशत खतरा भएको विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । त्यसैले बढी सुत्ने मानिसमा मुटु रोगको उच्च जोखिम रहेको हुन्छ ।
बढी सुत्नेको तौल पनि बढ्ने गर्दछ । अत्यधिक मात्रामा सुत्दा ब्लड सुगरको तह बढ्छ जसको कारण डायविटिजको खतरा हुने गर्दछ । बढी सुत्नाले दिमाग पनि बोधो हुन्छ । स्मरण शक्ति कम्जोर हुनुको प्रमुख कारण निन्द्रा पनि हो । जर्नल अफ अमेरिकन जिरियाट्रिक्स सोसाईटीका अनुसार निरन्तर लामो सुत्ने मानिसको दिमाग सामान्यभन्दा २ वर्ष बुढो हुन्छ र दैनिक काम गर्न पनि गाह्रो हुन्छ । लामो समय सुत्दा पनि डिप्रेसन हुन्छ। निन्द्राले डिप्रेसन पनि बढाउँछ र डिप्रेसनले निन्द्रा पनि बढाउँछ । आफ्नो सुत्ने समय व्यवस्थित गराउनु नै स्वास्थ्य रहनु एक उत्तम विकल्प हो ।
त्यसैले सुत्ने समय निश्चित बनाउनुपर्छ । सुत्नुअघि मनमष्तिष्क शान्त हुने अभ्यास गर्नुपर्छ । सुत्ने कोठाको तापक्रम, बाहिरबाट आउने आवाज र प्रकाशलाई आफू अनुकुलको राख्‍नुपर्छ । साथै आरामदायी विछ्यौना र तकियाको प्रयोग गर्दा त्यसले निन्द्रामा प्रभाव पार्दैन । मदिरालगायतका निन्द्रामा प्रभाव पार्ने पदार्थहरु खानु हुँदैन । सुत्नुअघि विद्युतीय उपकरणहरु चलाएन भने पनि निन्द्रा सहज हुन्छ ।


कुन उमेर समूहलाई कति सुत्दा उत्तम
नवजात (०-३ महिना): भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ घण्टा सुत्नु पर्दछ । ११ देखि १३ घण्टा सुत्दा पनि निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुँदैन ।
शिशु (४-११ महिना): यतिबेलाका लागि उपयुक्त १२ देखि १५ घण्टा हो ।
(१-२) बर्षका बच्चाहरु: यो उमेर समूहका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नुपर्छ ।
(३-५) बर्षका बच्चाहरु: विशेषज्ञहरुका अनुसार यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नुपर्छ ।
(६-१३) बर्ष: यो उमेर समूहकाले ९ देखि ११ घण्टा सुत्नुपर्छ । ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यो उमेर समूहको लागि उपयुक्त मानिदैन ।
किशोरअवस्था (१४-१७) बर्ष: यीनीहरुको लागि निद्राको अवधि ८ देखि १० घण्टा हो ।
युवा (१८-२५) बर्ष: युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हुन्छ । तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुँदैन ।
वयस्क (२६-६४) बर्ष: यो उमेर समूहका लागि पनि ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हुन्छ ।
बृद्ध (६५ बर्ष भन्दा माथि): यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७ देखि ८ घण्टाको निद्रा स्वस्थ मानिएको छ । तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु राम्रो होइन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij