
कानुनी रुपमा अप्ठेरो पर्ने र आयोजना घाटामा जाने सम्भावना देखिएपछि सरकारले मेलम्ची आयोजनाको ठेक्का सिएमसीबाट रद्द गराईएपनि फेरी उसैलाई नै फकाउन लागेको हो |
यी हुन् मन्त्रालय र आयोजनाले देखेका सम्भावित चुनौतीहरु :
१. नयाँ बोलपत्र आह्वान गर्नै खर्चिलो हुने र निर्माण अवधि पनि नयाँ कम्पनि आएपछि स्वत लम्बिन सक्ने अनुमान
२. नयाँ टेन्डर लगाउन जाँदा खर्चिलो हुने तर सिएमसीलाई ल्याउँदा भने रद्द भएको निर्णय फिर्ता लिए हुने
३. फेब्रुअरी १० सम्म ठेक्का रद्द भएको पत्र सिएमसी कार्यलय नपुगेको खण्डमा २ अर्ब ६५ करोड धरौटी रकम जफत गर्न नसकिने
४. कानुनि रुपमा अप्ठेरो नआओस् भन्ने ध्येय
खानेपानीमन्त्री बीना मगर, मेलम्ची विकास समितिका अधिकारीहरु र सिएमसीको मुख्यालयका प्रतिनिधिबीच वार्ता सिङ्गापुरमा छ । सिङ्गापुरमा दुवैतर्फका प्रतिनिधिबीच ठेक्का सम्झौता रद्द गर्ने निर्णय फिर्ता लिएर सिएमसी नै काममा फर्कने विकल्पका विषयमा गहन छलफल भइरहेको जनाईएको छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij