
बिहिवारको सडक दुर्घटनाबाट गम्भीर घाईते प्रदेशसभा सदस्य उत्तरकुमार वलीको अवस्था गम्भीर रहेको बताइएको छ | घाईते सांसद वलीलाई शुक्रवार हेलिकप्टरबाट काठमान्डौ ल्याईएको दांग प्रहरी प्रमुखले जनाएको छ |
टाउको, खुट्टा र मुटुमा गम्भीर समस्या देखिएको उनलाई काठमाण्डौको मेडिसिटि अस्पतालमा पठाईएको छ | हिजो बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गर्दा पश्चिमबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद वली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ मा ठोक्किदा उनी गम्भीर घाईते भएका थिए ।
उनी अझै खतरामुक्त नभएको प्रहरी श्रोतले जनाएको छ । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको सोही बसले च्यापेर हिजै मृत्यु भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij