२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पर्यटकको रोजाई बन्दै चितवनको जलबिरे झरना

पर्यटकको रोजाई बन्दै चितवनको जलबिरे झरना

पछिल्लो समय पर्यटकको रोजाईमा पर्दै गएको चितवन इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको झरनामा पूर्वाधार निर्माण भइरहेको छ । प्रदेश ३ पर्यटन विकास आयोजना कार्यालयले झरना संगै भ्युटावर निर्माणको लागि २५ लाख गराएको छ | 

गाउँपालिकाले यस आर्थिक वर्षमा झरनासम्म जाने मोटरबाटो बनाउन ४० लाख छुट्याएको छ । गत वर्ष पनि गाउँपालिकाले आठ लाखको बजेट विनियोजन गरी झरनामा रेलिङ र सिँढी निर्माण गरिसकेको गाउँपालिकाको भनाई छ |

यस झरनामा भने नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् ।  सडकबाट सो स्थानमा पैदल ३० मिनेटमा पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij