२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कालीगण्डकीमा गाडी सहित युवतीलाई खसाउनेलाई जेल सजाय

कालीगण्डकीमा गाडी सहित युवतीलाई खसाउनेलाई जेल सजाय

जिल्ला अदालत म्याग्दीले एक युवतीलाई गाडी सहित कालिगण्डकी नदीमा खसालेर हत्या गरेको आरोपमा एक व्यक्तिलाई जन्म कैद र जरिवानाको फैसला गरेको छ | 

बेनी नगरपालिका-९ का ईन्द्रबहादुर खड्काले अन्नपूर्ण गाउँपालिका-७ कि २० वर्षीय सविता नेपालीको अपहरण गरि गाडी सहित कालीगण्डकी नदीमा खसालेर हत्या गरेको ठहर गर्दै ३० वर्ष कैद र एक लाख जरिवाना समेत सुनाएको छ | 

गत असार १४ गते लु२च २४५४ नंको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए । कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो । 

घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो । 

सविताकी काकी बिष्णु दमैले भतिजीलाई गुमाउनुपरे पनि अदालतको फैसलाबाट न्याय पाएको महसुस गरेको बताउनुभयो । अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij