२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पश्चिमी वायु केहि दिन सक्रिय रहने : देशैभर बदली र वर्षा

पश्चिमी वायु केहि दिन सक्रिय रहने : देशैभर बदली र वर्षा

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको सक्रियताले देशैभर बदली र वर्षा भएको जनाएको छ । महाशाखाले काठमाण्डौ १०.६ मिलिलिटर वर्षा भएको जनाएको छ | काठमाण्डौ उपत्यकामा हिजो दिनभर सिमसिमे पानी आएको थियो | 

महाशाखाको रेकर्ड अनुसार हिजो सबै भन्दा बढी जुम्ला २३.२ मिलिलिटर ,वीरेन्द्रनगरमा २२.५, पोखरामा १९ र दाङमा १८ मिलिमिटर वर्षा भएको जनाएको छ | 

त्यसैगरी डडेलधुरामा ८.८, नेपालगञ्जमा ७.९, भैरहवामा ७, धनगढीमा २ र ताप्लेजुङमा १ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले बढी चिसो महसुस गरिएको थियो । न्यूनतम बादलले न्यूनतम तापक्रम बढेर ७.५ पुगे पनि अधिकतम तापक्रम भने घटेर १०.८ पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम ४ र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको थियो । 

मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ । 

महाशाखाका अनुसार यो मौसमी प्रणालीको असर आगामी आइतबारसम्मै देखिनेछ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने शनिबार मध्य र पूर्वी भेगमा बदली र हल्का वर्षाको सम्भावना छ । आइतबार पनि पहाडी भेगमा बदली र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij